हमासका नेता सिनवार इजरायली आक्रमणमा मारिए

काठमाडौं । हमासका नेता याम्हा सिनवारको इजरायली आक्रमणमा मारिएको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया सार्वजनिक भएको छ। बाइडनले वक्तव्य जारी गर्दै भने, ‘इजरायली अधिकारीहरूले हाम्रो राष्ट्रिय सुरक्षा टोलीलाई गाजामा सिनवार मारिएको जानकारी दिएका छन्। डीएनए परीक्षणमा पनि हमासका नेता मारिएको पुष्टि भएको छ। यो इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि खुसीको दिन हो।’

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारको निन्दा गरेका छन्। उनले सिनवार हमास नेताका रूपमा हजारौँ इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको हत्यामा जिम्मेवार रहेको दाबी पनि गरेका छन्। बाइडेनका अनुसार सिनवार ७ अक्टोबरमा इजरायलमाथि गरिएको आक्रमणका मुख्य योजनाकार थिए। इजरायलका परराष्ट्रमन्त्री इजरायल कात्जले बिहीबार सिनवार मारिएको जानकारी दिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर