अमेरिकालाई नेपालको १६५ रनको लक्ष्य

काठमाडौं । पहिलो टी-२०आई खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए।

आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७-२७ रन जोडेर आउट भए । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमाउन पुग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर