बुद्ध एअरको विमानमा प्राविधिक समस्या

काठमाडौं । बुद्ध एअरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा गएको ‘नाईन एन एजेएस’ कलसाइन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ ।

अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ”, उनले भने, “आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।”

‘आज बिहान माउन्टेन फ्लाइट, उडान नम्बर १०० विमानको ‘कल साइन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौं सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एअरका प्राविधिक टिमले जाँचपड्ताल गरिरहेका छन्’ बुद्ध एअरद्वारा जारी सूचनामा भनिएकोछ ।

बुद्ध एअरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौंबाट माउन्टेन फ्लाइटमा गएका विमानले बाक्लो तुवालोका कारण हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर