नेवि संघद्वारा भ्रष्टाचारविरुद्ध प्रदर्शन

काठमाडौं । सत्तारूढ दल नेपापाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पनि भ्रष्टाचारविरुद्धको संघर्षमा उत्रेको छ । संघ समर्थित विद्यार्थीहरूले आइतबार बिहन त्रि–चन्द्र कलेजअगाडि विभिन्न नारा लेखिएको प्लेकार्डसँगै कैदीको भेषमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफ्नै दलका नेता बालकृष्ण खाँणका विरुद्ध पार्टी संगठनले किन कारवाही नगरेको भन्दै प्रश्नसमेत गरेका छन् । तर आफ्नो माऊ पार्टी नेपाली कांग्रेसले भने बालकृष्ण अभियुक्त मात्र भएकाले दोष प्रमाणित नभएसम्म कारवाही नगर्ने बताइसकेको छ ।
प्रतिक्रिया