सेयर बजारमा बुधबार हरियाली : ४३.२२ अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा बुधबार हरियाली छाएको छ । आज नेप्से ४३.२२ अंकले बढेको छ । नेप्से १.६० प्रतिशतले बढ्दा परिसुचक २७४२ अंकमा पुगेर अडिएको छ । आज १ करोड ३२ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोडको कारोबार भयो ।आज करोबारमा आएका २०६ कम्पनिको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ । यस्तै आज ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज  व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर सेयर क्रमशः अगाडि रहे ।

त्यस्तै बैंकिङ १.९८, विकास बैंक १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बीमा १.८०, उत्पादन १.३६, माइक्रोफाइनान्स १.४८, निर्जीवन बीमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशत बढे । विजय लघुवित्तको मूल्य ९.३३, इस्टर्न हाइड्रोपावरको ९.२४, समता घरेलु लघुवित्तको ८.६२, आत्मनिर्भर लघुवित्तको ८.५९, सगरमाथा जलविद्युतको मूल्य ७.४५ प्रतिशत बढ्यो ।अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । मिडसोलु हाइड्रोपावरको ५.५४, मिथिला लघुवित्तको ४.५५ प्रतिशत मूल्य घट्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर