दैलेखको स्वास्थ्य केन्द्रमा रहस्यमय आगलागी

दैलेख । दुल्लुको आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ । दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा शनिबार राति आगलागी हुदाँ करिब १५ लाखबराबरको धनमाल क्षति हुन पुगेको छ ।

स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका सबै औषधी र उपचारजन्य सामग्री जलेर नष्ट हुन पुगेको छ ।

इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर