लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित : नेपाली सेना

काठमाडाैं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले भने ।

हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् । इजरायलले उत्तरी लेबनानमा हवाई आक्रमण गरेकाे थियाे । जुन आक्रमणमा परी २१ जनाभन्दा बढीकाे ज्यान गएकाे छ । घटनामा राष्ट्रसंघीय शान्ति मिशनमा खटिएका थुप्रै शान्ति सैनिकहरु पनि घाइते भएका छन् । जुन क्षेत्रमा नेपाली शान्ति सेनाकाे समूह पनि खटिएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर