दसैं बिदापछि नेप्सेमा ३१.४८ अंकको वृद्धि

काठमाडौं । दसैं बिदापछि आज मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले सुधार आएको छ । आज नेप्से ३१.४८ अंकले बढेर दुई हजार ६९९.६६ विन्दुमा बन्द भएको हो ।  आज कारोबार रकम पनि घटेको छ ।

दसैंअघिको अन्तिम कारोबार दिन नेप्से ४.८५ अंकले बढेको थियो । आज तीन अर्ब ६ करोड २३ लाख ?पैयाँ बराबरको करोबार भएको थियो । दसैंअघिको अन्तिम तीन अर्ब ७६ करोड ५१ लाख बराबरको कारोबार भएको थियो ।

मंगलबार २०५ कम्पनीको शेयर बढेको छ भने ३२ कम्पनीको शेयर घटेको छ भने ६ कम्पनीको शेयर अघिल्लो दिनको तुलनामा यथावत रहेको छ । मंगलबार तीन  कम्पनीमा सकारात्मक सर्किट लागेको छ । भने एक कम्पनीकोे शेयरमा नेकेटिभ सर्किट लागेरको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर