बिपी राजमार्गमा आजदेखि सबै किसिमका गाडी चलाउन सकिने

काठमाडौं । बिपी राजमार्गमा आज मंगलबारदेखि अनुमति प्राप्त सवारीसाधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधनलाई आवागमन खुलाइएकोमा आजदेखि सो रुटमा अनुमति प्राप्त अन्य सवारीसाधनलाई पनि सञ्चालन गर्न दिइने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सो कार्यालयकाअनुसार बिपी राजमार्गअर्न्तगत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न दिइनेछ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बिपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो । सो खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले भने रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत सरोकारवालालाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर