जसपामा प्रतिनिधि छनोट गर्न शर्तहरू लागू

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनोट गर्न पार्टी समिति र संगठनहरूले पालना गनुपर्ने नियम बनाएको छ।विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरूलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गर्नुपर्ने बताइएको छ।

छनोट हुने प्रतिनिधि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई काम गरेको हुनुपर्नेछ। प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ। भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफूसम्बद्ध संगठनमा कम्तिमा ५ वर्ष निरन्तर संगठित भई काम गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ।

सबै प्रदेश, जिल्ला तथा जनवर्गीय–भ्रातृसंगठनलगायतका समितिले प्रतिनिधि छनोट गरिएको सम्बन्धित समितिको निर्णयको प्रतिलिपिसमेत केन्द्रीय कार्यालयमा जेठ २५ गतेसम्म पठाइ सक्नु पर्नेछ। निर्वाचन वा अन्य समयमा पार्टी अनुशासन उल्लङ्घन गरी पार्टीविरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन पाउने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर