भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध शुक्रबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । पक्राउ पूर्जी जारी हुनुपूर्व नै शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन्।
शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका व्यक्ति हुन्। यो प्रकरणमा एक संगठित अपराधका सूत्रधार हसन सक्ने प्रहरीको अनुमान छ । उनले पक्राउ परेकाहरुलाई भेटेर पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नपोल्न भन्दै आग्रह गर्दै हिँडेको बताइएको छ ।
प्रतिक्रिया