सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं ।  अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत ५० किलोमा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको बताउनुभयो । उहाँले अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्नका लागि पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा संयौ सवारी साधनहरुको लाम लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर