सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा

काठमाडौं ।  बडादसैं २०८१ को अबसरमा यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौको रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

आज बिहान ६ बजेबाट शुरु भएको निःशुल्क बस सेवा अन्तर्गत एउटा बस  प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ । चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकाले सर्बसाधारणको सुबिधाको लागि बस सञ्चालन गरिएको डिएसपी शैलेन्द्र थापाले बताउनुभयो । बडादसैंको अबसरमा यसअघिका बर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

यसैगरी बिगत बर्षहरुजस्तै यस बर्ष पनि सर्बसाधारणका लागि सशस्त्र प्रहरी बलले देशभरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । बिगत करिब १४ बर्षदेखि पिङ राख्ने कार्यलार्इ यो बर्ष पनि निरन्तरता दिइएको थापाले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर