काठमाडौंको तलेजु मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । वर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक  महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ । दसैँको महानवमीका दिन तलेजु भवानीको दर्शनार्थ बिहानैदेखि लाइन लागेको थियो ।

कोत, दसैँघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमददेवी भागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर