शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछन् ।

ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुने खेलमा जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ ।

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरू हुने खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्डस क्लब एक आपसमा भिडनेछन् ।

आइतबारको खेल जितेको खण्डमा जावलाखेलले दोस्रो स्थानमो चर्च ब्वाइजसँग ३ अंकको अग्रता लिनेछ ।

लिगमा १७ औं चरणका खेलहरु सकिँदा शिर्ष स्थानको जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइजको समान ३०/३० अंक छ । २७ अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ । १७ अंकसहित एफ.सी खुमलटार पुछारमा रहँदा १९/१९ अंक जोडेको फ्रेण्ड्स क्लब र नेपाल पुलिस क्लब पनि रेलिगेशनको खतरामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर