वरिष्ठ गीतकार विश्व वल्लभको निधन

काठमाडौं । वरिष्ठ गीतकार विश्व वल्लभको निधन भएको छ । काठमाडौंको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको निधन भएको हो । मस्तिष्कघात भएपछि उनी अस्पतालमा उपचाररत थिए ।

वल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरुणा लामाले गाएको ‘भाग्यले खुशी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत लेखेका थिए । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका भाइ थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर