यस पटक १० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने प्रक्षेपण

काठमाडौं । दशैं, तिहार र छठजस्ता चाड मनाउन काठमाडौं उत्यकाबाट सडक यातायातबाट करिब १० लाख यात्रु बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त सङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोहीअनुसार गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताए ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका दिन पनि यात्रा गर्न सकिने जनाएको छ । सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । बसहरू नियमित रुट र क्यु फ्रिमा सञ्चालन हुने छन् ।

असोज २४ गते फूलपातीका दिनसम्म यात्रुको चाप हुने भएकाले थप गाडी सञ्चालन गरिएको छ तर सडक भत्किएकाले समयमा काठमाडौं आउनुपर्ने सवारी आउन नसक्दा व्यवस्थापनमा कठिनाइ भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । उनले भने, “सडकको अवस्था विजोग छ । आउनुपर्ने गाडी समयमै आउन सकेका छैनन् । गाडी थपेर सेवा प्रवाह भइरहेको छ । काठमाडौंबाट जाँदा सिटफुल भए पनि आउँदा रित्तै आउनु पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर