ब्याक्टेरियाबाट बच्न पुरातन मानिसको दाँतबाट एन्टिबायोटिक बनाउँदै वैज्ञानिक

काठमाडौं । ब्याक्टेरियाबाट हुने रोगबाट बच्न वैज्ञानिकहरुले अब पुरातन मानिसको दाँतमा पाइने ब्याक्टेरिया प्रयोग गरेर एन्टिबायोटिक औषधि बनाउन लागेका छन् । यसका लागि उनीहरूले प्राचीन निएन्डरथल मानिसको दाँतबाट ब्याक्टेरिया निकाल्ने छन्।

ती ब्याक्टेरिया त्यतिबेलाका मानिसको दाँतमा बनेको खाडलमा लुकेका थिए । यो एन्टिबायोटिकले मानिसलाई धेरै पुराना र नयाँ रोगहरूबाट बचाउन सक्छ। निएन्डरथल मानिसको दाँतमा लुकेको ब्याक्टेरियाको सहयोगमा वैज्ञानिकहरूले एन्टिबायोटिक बनाउन लागेका छन् ।

साइन्स जर्नलमा प्रकाशित एक रिपोर्टमा यी ब्याक्टेरिया दाँतमा बनेको खाडलमा लुकेर बसेको बताइएको छ । विभिन्न प्रकारका सूक्ष्म जीवहरूले हाम्रो मौखिक माइक्रोबायोमको ठूलो भाग बनाउँछन्। हार्वर्ड युनिभर्सिटीकी बायोमोलेक्युलर पुरातत्वविद् क्रिस्टिना वारिनरले आज मानिसको मुखमा पाइने ब्याक्टेरिया पुरातन संसारभन्दा धेरै फरक रहेको बताइन् । त्यसैले प्राचीन ब्याक्टेरियाको सहयोगमा एन्टिबायोटिक बनाएर मानिसलाई धेरै किसिमका रोगबाट बचाउन सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार दाँत शरीरमा एक मात्र यस्तो चीज हो जुन लामो समयसम्म राम्रो अवस्थामा रहन्छ। यहाँ सबैभन्दा धेरै डीएनए पाइन्छ। क्रिस्टिनाले दाँतको सानो भागबाट पनि लाखौं डीएनए निकाल्न सक्छिन्। यी डीएनए विभिन्न प्रजातिका सूक्ष्म जीवहरूको हुन सक्छ। (एजेन्सी)(तस्बिर : सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर