पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट गाँजा बरामद

काठमाडौं । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट गाँजा बरामद गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातमाटेबाट मङ्गलबार बिहान गाँजासहितको ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

पालुङबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङ्कर गाडीलाई विशेष सूचनाको आधारमा रोकी जाँच गर्ने क्रममा तीन सय ९२ केजी गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता श्याम अर्यालले बताए । प्रहरीले ट्याङ्कर चालक मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धनबहादुर मल्ललाई पक्राउ गरेको छ । ट्याङ्करको पाँच वटा डिब्बाहरू मध्ये ३ नम्बर डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लास्टिकले बेरेको अवस्थामा गाँजा फेला परेको प्रवक्ता अर्यालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर