सात वटा राजनीतिक दलको नाम परिवर्तन

काठमाडौं ।  निर्वाचन आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको छ। नेपाल खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपालको नाम परिवर्तन भएको छ।

ती पार्टीहरूको नाम क्रमशः राष्ट्रिय साझा पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल भएका छन्। आयोगले २०८० फागुन ३ गते संविधान र ऐनको मर्म र भावना विपरीत भएको भन्दै १९ वटा दललाई नाम संशोधन गर्न निर्देशन दिएको थियो। जसमध्ये सात वटाको नाम परिवर्तन भएको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रपति रामचन्द्र पौडेललाई असोज २२ गते बुझाएको प्रतिवेदन अनुसार आयोगमा ११९ वटा राजनीतिक दल दर्ता भएका छन्। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल सद्‌भावना पार्टी, राष्ट्रिय साझा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत १३ दलको विवरण हेरफेर र संशोधन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर