मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा

काठमाडौं ।  मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा परेको छ । मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लण्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ । स्थानीय समय अनुसार फ्रान्सको पेरिसमा साँझ ५.२५ बजेतिर ब्रेन्ट नर्थ सी तेलको मूल्य २ दशमलव ६ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

यसको अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सस इन्टरमिडिएट २ दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो । इजरायलमाथि अक्टोबर ७ मा हमासले गरेको आक्रमण गरेको एक वर्ष पूरा भएसँगै विश्वभर शान्ति र त्रासको बातावरण झन बढेको छ ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर