सुन तोलामा पाँच सय घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकोमा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० मा निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर