गृहमन्त्री लेखकद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेसस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पु¥याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी लिए ।

सो क्रममा पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पु¥याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनस्र्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराएको थियो ।

त्यस्तै उनले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी पनि लिए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पु¥याएको क्षतिले नागरिकले व्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिरको उद्धार सेवालगायतको विषयमा जानकारी दिएको थियो । पालिका अहिले खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र विषेशगरी यातायात सेवालाई प्राथतिकतामा राखेर काम भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर