सुनकोशी नदीमा बेलिब्रिज निर्माण गरिँदै

काठमाडौं । बाढीपहिरोका कारण क्षति पुगेको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बिचमा रहेको सुनकोशी नदीको पुलमा नेपाली सेनाले बेलिब्रिज जडान कार्य सुरु गरेको छ ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र बाढी तथा पहिरोका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बिचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोसी नदीको पुल नेपाली सेनाले बेलिब्रिज निर्माणको काम थालेको सेनाले जनाएको छ नेपाली सेनाको १४ बाहिनी अड्डा एअरपोर्टको पुल महाशाखाले बेलिब्रिज निर्माणको काम सुरु गरेको हो । उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न शनिबारदेखि नेपाली सेनाको प्राविधिकसहित खटिएका छन् ।

बेलिब्रिज निर्माणका लागि आवश्यक मुख्य निर्माण सामाग्री खुर्कोट आइसकेको भए पनि सहायक सामानहरू आउन बाकी रहेको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर