मौसम: पहाडी भागमा आंशिकदेखि सामान्य बदली, बाँकी भागको सफा

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमा महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ।

उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिएको महाशाखाले जनाएको छ।

हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर