बाढीपहिरोपछि रोग फैलिन सक्ने हुनाले सजग रहन आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिकजस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजग रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै बाढीपहिरोका कारण किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । बाढीपहिरोका कारण पानीको स्रोतहरू प्रदूषित हुने सम्भावना रहेकाले पानीजन्य रोगहरू र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्या झनै बढ् नसक्ने भन्दै डा. बुढाथोकीले सतर्क रहन आग्रह गरेका हुन् । डा. बुढाथोकीका अनुसार विपद् प्रभावितमध्ये बहिरङ्ग सेवाबाट ५६२ बढीले सेवा लिएका छन् । त्यसैगरी, १०८ जनाले भर्ना भई अन्तरङ्ग सेवा मार्फत शल्यक्रियासहित उपचार सेवा लिएका छन् ।

उपचाररत ७३ जना डिस्चार्ज भएका छन् भने ३५ जना उपचाररत रहेको डा. बुढाथोकीले जानकारी दिए । उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ । उनी भन्छन्, “विपद्लगत्तै बसेको बैठकमा निर्णय भएअनुसार मन्त्रालय तथा मातहतका निजी स्वास्थ्य संस्थाहरूले घाइतेहरूको उपचारमा यथाशक्य प्रयत्न भइरहेको छ ।”

विपद्का कारण २१ वटा जिल्ला प्रभावित भएका छन् । असोज ११ र १२ गते देशका अधिकांश स्थानमा परेको अविरल वर्षका कारण बाढीपहिरो र डुबान परी स्वास्थ्य संस्थाहरू पाँच वटा पूर्णरूपमा क्षति ५२ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको छ । क्षति भए पनि स्वास्थ्य संस्थामा सेवा प्रवाह निरन्तर भइरहेको जानकारी प्राप्त भएको डा. बुढाथोकीले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर