अमेरिकाले २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खोल्यो

काठमाडौं ।  अमेरिकाले २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खोलेको छ । आज २ अक्टोबर राति ९ः४५ बजेदेखि भर्न सकिने गरी डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन खुलाइएको जानकारी काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको हो । दूतावासका अनुसार कार्यक्रमका लागि एकदमै निष्पक्ष रूपमा योग्य आवेदकहरू छनोट गरिनेछ । यसका लागि प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनुपर्ने हुन्छ । किनभने एक भन्दा बढी आवेदन बुझाउने आवेदकहरू स्वतः अयोग्य ठहरिने बताइएको छ ।

२ अक्टोबर २०२४ देखि ५ नोभेम्बरको राति १०ः४५ बजेसम्मको जुनसुकै समयमा अनलाइन आवेदन बुझाउन सकिने छ । डीभी भर्न कुनै पनि शुल्क लाग्दैन अर्थात् यसमा निःशुल्क रूपमा आवेदन दिन सकिन्छ । यस वर्ष खुला गरिएको सिजनलाई डाइभर्सिटी भिसा प्रोग्राम २०२६ भनिएको छ । किन भने यो सिजनमा छानिएका व्यक्तिहरूले ३० सेप्टेम्बर, २०२६ सम्ममा आफ्नो आप्रवासी भिसाका लागि आवेदन दिने र प्राप्त गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर