घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन हवाई उडानको व्यवस्था

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन हवाई उडानको व्यवस्था मिलाएको बताएका छन् ।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । मन्त्री पाण्डेले भने, ‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थललगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ।’ साथै मन्त्री पाण्डेले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकताअनुसार उडान हुने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर