आज बुधबार सुन तोलामा आठ सय वृद्धि

काठमाडौं । आज बुधबार सुन तोलामा आठ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ६० हजार आठ सय पुगेको छ । हिजो मंगलबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँ बढेर १९ सय ३५ पुगेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी तोलाको १९ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर