६७ लाख रुपैयाँबराबरको सुनसहित एक भारतीय पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातमाटेबाट प्रहरीले ६७ लाखबराबरको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ का सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

विशेष सूचनाको आधारमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र ०३–००१ज ६९६ नम्बरको यात्रुवाहक ईभी माइक्रोलाई रोकी जाँच गर्ने क्रममा सर्राफको साथबाट ४ सय ९० ग्राम ८८० मिलिग्रामका बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो १ टुक्रा र सिक्री १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बरामद सुनको बजार मूल्य ६७ लाख ३४ हजार ५ सय ४४ नेपाली रुपैयाँ रहेको छ । पक्राउ परेका सर्राफमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर