भारी वर्षाको सम्भावनासँगै हाई अलर्टमा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं    गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशमा हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका हुन्। उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु।’

थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए। मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुका धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरे। मौसम पूर्वानुमान महाशाखाले आज र भोली कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर