योङ ब्वाइजमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौं ।  युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले योङ ब्वाइजमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले योङ ब्वाइजमाथि ५-० गोलअन्तरको फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा रोवर्ट लेवान्डोस्कीले २ तथा राफिन्हा र इनिगो मार्टिनेजले समान १-१ गोल गरे ।

खेलको ८औँ मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३४औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलको ३७औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३-० को अग्रता लिन सफल भयो । खेलको ५१औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए । त्यसपछि खेलको ८१औँ मिनेटमा योङ ब्वाइजका मोहम्मद अलि कामराले आत्मघाती गोल गरेपछि बार्सिलोना ५-० को फराकिलो जित निकाल्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर