म्यानचेस्टर सिटीको स्लोभान ब्राटिसलाभामाथि फराकिलो जित

काठमाडौं ।  युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्लोभान ब्राटिसलाभामाथि फराकिलो जित निकालेको छ । स्लोभाकियाको नेसनल फुटबल स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिसलाभालाई ४-० गोलअन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इल्के गुन्डोगन, फिल फोडेन, एर्लिङ हालान्ड र जेम्स म्याकएटीले गोल गरे ।

खेलको आठौँ मिनेटमा गुन्डोगनले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि खेलको १५औँ मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २-० को अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५८औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै म्यानचेस्टर सिटीलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४औँ मिनेटमा जेम्सले गोल गर्दै म्यानचेस्टर सिटीलाई ४-० गोलअन्तरको जित दिलाएका हुन् । जितसँगै म्यानचेस्टर सिटी २ खेलबाट ४ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर