“सहकारीपीडितलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर”

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ‘उल्फाको धन फुपूको श्राद्ध’ भनेजस्तै भएको टिप्पणी गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले सहकारी ठगीको विषयमा उक्त नेपाली उखान लागू हुने बताए पनि लैंगिक हिंसाको डरले ‘फुपू’ शब्द भने उच्चारण गरेनन् । ‘हुन त जेन्डर भाइलेन्सका कुरा आउला तर सहकारीको रकम उल्फाको धन कुन्नी कसको श्राद्ध भनेजस्तै भयो ।

सहकारीको पैसा कता खर्च गरेको हो, कता उडाएको हो, फिर्तै गर्न नसक्ने अवस्था पनि छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सहकारीपीडितलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर रहेको पनि बताए । उनले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने संकेत गर्दै यस्तो बताएका हुन् । ‘सरकार सहकारीपीडितलाई न्याय दिलाउन तत्पर छ । तर, कुन बेला कसले जम्मा गरेको रकम कहाँ पुगिसक्यो, त्यो पनि खोज्नुपर्ने छ,’ उनले सहकारीको रकम अपचलन गर्ने सहकारीका सञ्चालक, अध्यक्ष र प्रबन्ध निर्देशक लगायतप्रति इंगित गर्दै भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर