स्पेनिस फूटबलर इनेस्टाको संन्यास

काठमाडौं ।  स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट संन्यास लिएका छन् । ४० बर्षिय इनेस्टाले आफ्नो संन्यासको अक्टोबर ८ मा घोषणा गर्ने बताइएको छ । इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध रहेका छन् ।

इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ । उनले यस अघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए । बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६७४ खेल खेल्दै ५७ गोल गरेका छन् । बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ बर्ष खेलेका थिए । इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै संन्यास लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर