माओवादी पार्टीलाई भाग नपुगेकाले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर ल्यायो : डा. केसी

काठमाडौं । देशका अगुवाहरु मिलेर भ्रष्टाचार ढाकछोपविरुद्ध बृहते आन्दोलन सुरु गरेका छन्।
राजधानीको नक्शालमा शनिबार आयोजित प्रदर्शन कार्यक्रममा स्वास्थ्य सुधारकर्मी गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्य, तथ्य छानविन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए।

उनले भ्रष्टाचारको विस्तृत र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै भने, “सरकारले शीर्ष नेताहरुको पनि छानविन गर्नुपर्ने र दोषी ठहरिए कारबाही गर्न सक्नुपर्छ । भुटानी शरणार्थी काण्डमा देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभर्इकन उभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ। निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेको स्वतः प्रष्ट हुन्छ। प्रचण्डको पार्टीलाई भाग नपुगेको हो कि के होरु तर सबै पार्टी भ्रष्ट नै छन्।’

 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीलाई भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर