बङ्गलादेशसँग दुई खेलमा भारतको क्लिन स्विप

काठमाडौं । बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्विप’ गरेको छ । दोस्रो टेस्टमा भारतले बङ्गलादेशलाई ७ विकेटले हरायो । बङ्गलादेशले दिएको ९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयपछि ३ विकेट गुमाएर भेटायो । भारतका यशस्वी जैसवालले ५८ रन बनाए । बङ्गलादेशका मेहदी हसन मिराजले २ विकेट लिए । दोस्रो पारीमा बङ्गलादेश १ सय ४६ रनमा अल आउट भयो । बङ्गलादेशका शादमन इस्लामले ५० रन बनाए । भारतका जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले समान ३ विकेट लिए ।

यसअघि कानपुरमा टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले मोमिनुल हकको शतकमा पहिलो पारीमा २ सय ३३ रन बनायो । भारतका बुमराहले ३ तथा मोहम्मद सिराज, अश्विन र आकाश दीपले समान २ विकेट लिए । भारतले पहिलो पारीमा जैसवाल र केएल राहुलको अर्धशतकको मद्दतमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो पारीको ब्याटिङ गर्ने क्रममा भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ५०, १ सय, १ सय ५०, २ सय र २ सय ५० रन बनाउने कीर्तिमान बनाएको थियो । दोस्रो टेस्टको दोस्रो र तेस्रो दिन वर्षा बाधक बने पनि भारतले खेल जित्यो । भारतले पहिलो टेस्ट २ सय ८० रनले जितेको थियो । अब भारत र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर