अमेरिकामा हेलेन नामक आँधीबाट ६० जनाको मृत्यु

काठमाडौं । अमेरिकाका केही राज्यहरुमा हेलेन नामक आँधीले ठूलो विनाश निम्त्याएको छ । हेलेनको बढी असर दक्षिण पूर्वी अमेरिकाका पाँच राज्यहरुमा देखिएको छ । आँधीकै कारण यी राज्यहरुमा हालसम्म ६० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आँधीले उत्तरी क्यारोलिनामा विनासलिला नै मच्चाएको थियो । आँधीले भारी वर्षा गराउनुका साथै शहरभरि बाढी बसेर जलमग्न भएको थियो ।

आँधीका कारण ४ सयभन्दा बढी सडकहरु बन्द भएका छन् । यस राज्यमा मात्रै ११ जनाको मृत्यु भएको छ । घरहरु ध्वस्त भएका छन् । खानेपानी प्रणाली ध्वस्त हुनुका साथै लाखौ नागरिक बिजुलीविहीन भएका छन् । आँधीबाट प्रभावितको उद्धार तथा राहतको काम भइरहेको छ । अमेरिकी रेडक्रसले दक्षिणपूर्वी राज्यहरुमा आफ्ना घरहरु छोडेर आएकाहरुका लागि १ सय ४० भन्दा बढी आश्रय स्थलहरु खोलेको छ । हाल २ हजारभन्दा बढी मानिस आश्रय स्थलमा बसिरहेका छन् । उत्तरी क्यारोलिनामा मात्रै १ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर