विदेशी साथीलाई बचाउन खोज्दा प्रमुख सेनानी केसीको मृत्यु

काठमाडौं ।  सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर नेपाली सेनाका प्रमुख सेनानी मिलन केसीको मृत्यु भएको छ। शनिबार सुनकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा उनको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले जानकारी दिए।

उनकाअनुसार प्रमुख सेनानी आफ्ना कोरियन साथीहरूसँग बिदामा गएका थिए। ‘कोरियामा स्टाफ कलेज पढ्दाका साथीहरू आएका रहेछन्। उनी निस्किसकेका थिए,’ सहायक रथी केसीले भने, ‘तर साथीलाई बचाउन जाँदा दु:खद घटना भयो।’ अर्का कोरियन नागरिकको अवस्था अझै अज्ञात छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर