हिजबुल्लाहका अर्का वरिष्ठ आधिकारीको पनि मृत्यु

काठमाडौं। इजरायली रक्षा बल आईडिएफले हिजबुल्लाहका अर्का वरिष्ठ आधिकारीको पनि मृत्यु भएको दाबी गरेको छ । लेबनानमा शनिबार इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका रोकथाम सुरक्षा परिषद्का प्रमुख नबिल काउकको पनि मृत्यु भएको बताइएको हो । हिजबुल्लाहको केन्द्रीय परिषद्का पनि मुख्य सदस्य रहेका काउकलाई आफ्ना लडाकु विमानले हवाई आक्रमण गरि मारेको आइडिएफको विज्ञप्तिमा उल्लेख गरेको छ ।

हिजुबल्लाहले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । आइडिएफले काउकलाई मुख्य नेता हसन नसरुल्लाको निकटको व्यक्ति भएको जनाएको छ। इजरायलले शुक्रबार गरेको हमलामा हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर