इमर्जेन्सीका लागि नागढुंगा-थानकोट सुरुङ मार्ग प्रयोग

काठमाडौं । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका मालवाहक तथा यात्रुवाहक सवारी सुरुङबाट थानकोटतर्फ पठाइएको छ । बाढी, पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा सवारी पठाउन थालिएको हो ।

लगातार परेको वर्षाका कारण बिहीबारदेखि देशैभरका राजमार्ग अवरुद्ध छन् । नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न क्षेत्रमा पहिरो जाँदा सवारीको चाप निकै बढेकाले उक्त सुरुङ प्रयोग गरिएको मन्त्रालयले जनाएको छ । सवारी पठाइए पनि यो सुरुङ निर्माण कार्य सम्पन्न भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर