नेपाली सेनाका दुई सैनिकसहित चार जनाको अवस्था अज्ञात

काठमाडौं ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा गएको पहिरोमा पुरिएका नेपाली सेनाका दुई सैनिकसहित अन्य कर्मचारी गरी चार जनाको अवस्था अझै पनि पत्ता लागेको छैन। दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको आयोजनामा सुरक्षारार्थ रहेका सैनिक तथा आयोजना कर्मचारी पहिरोमा पुरिएका थिए।

शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको थियो। उक्त स्थानमा उद्धार टोली अहिलेसम्म पनि पुग्न नसकेको आयोजनाले जनाएको छ। काठमाडौंबाट नेपाली सेनाको हेलिप्कटर आयोजनास्थलमा जाने तयारी छ। पहिरोले भवन भत्काएको ठाउँसम्म पुग्नका लागि आयोजना निर्माणमा काम गर्दै आएको रोल्वालिङ कन्सट्रक्सनका उपकरण लैजाने तयारी छ। आयोजनाका कर्मचारीहरुले यो अवस्था कल्पना बाहिरको भएको बताएका छन्। हराएकाहरुको परिचय खुल्न सकेको छैन। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर