झ्याप्ले खोला पहिरो : बसभित्र तीन जनाको शव भेटियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ। पहिरोमा बस पुरिएको देखिएपछि आइतबार बिहान सुरक्षाकर्मी उद्धार कार्यमा जुटेका थिए ।  पहिरो पन्छाउँदै जाँदा पुरिएको बसभित्र तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताए। “अहिलेसम्म तीन वटा शव भेटिएका छन्, अझै पूरै बस देखिएको छैन,” सिलवालले भने।

पहिरो पन्छाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। बसको केही भागमा मात्रै देखिएको र पूरै निकाल्न समय लाग्ने प्रहरी निरीक्षक सिलवालले बताए। कहाँबाट आएको बस हो भन्ने खुल्न सकेको छैन।

सोही ठाउँमा शनिबार लु १ ज ४५७८ नम्बरको माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो। पहिरो पन्छाएर बस निकाल्दा १४ यात्रु मृत अवस्थामा भेटिएका थिए। बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको बसबाट धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोला पहिरोमा पुरिएको थियो। बसमा कति जना यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन। मृत भेटिएका १४ जनाको पनि सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर