सरकारले चाहेजस्तो मौद्रिक नीति आएन : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नआएको बताएका छन्।

अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले शुक्रबार निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने क्रममा मन्त्री महतले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता पनि सरकारले चाहेको जस्तो नभएको उल्लेख गरे । उहाँले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने र बजारमा पछिल्लो समय भएको तरलता हटाएर कर्जा प्रवाहको लागि सहज बनाउने बताए ।

अर्थमन्त्री महतले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गर्दै अनावश्यक कानुन, नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्यारालाई हटाउने प्रयास बजेटमार्फत गर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर