आजदेखि बैंकबाट सुकिला नोट साट्न पाइने

काठमाडौं ।  दसैंका लागि आजदेखि बैंकबाट सुकिला नोट पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो। आइतबारदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सकिने छ।

साना दरको १-१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर