बाढीपहिरोबाट अहिलेसम्म ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

काठमाडौं ।  भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी शनिबार रातिसम्म ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।  उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर