संघीय राजधानी काठमाडौं जोड्ने सबै सडक सञ्जाल अवरुद्ध

काठमाडौं । भारी वर्षापछि आएको बाढी पहिरोले राजधानीसमेत रहेको काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । विभिन्न स्थानमा गएको पहिरोले पृथ्वी राजमार्ग आज शनिबार बिहानैदेखि खण्ड बन्द रहेको छ काठमाडौं–मुग्लिन–नारायणगढमा शुक्रबार रातिदेखि नै सवारी चलाउन रोक लगाइएको छ ।

त्यस्तै, पूर्वको विपी राजमार्ग पनि भारी वर्षापछि अवरुद्ध बनेको छ । हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएकाले त्यो मार्ग हुँदै जाने लामो तथा छोटा दूरीका मार्गहरु पनि बन्द भएका हुन् । हेटौंडाबाट काठमाडौं जाने कान्ति राजपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी-फाखेल-काठमाडौं, कुलेखानी-मातातीर्थ-काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । बर्षाले उत्तरतर्फ जाने अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ ।  काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ । देशभर ६५ वटा राजमार्ग बाढी र पहिलोबाट प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर