पीएसजीको रेनेसमाथि ३–१ को जित दर्ता

काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वनमा अपराजित यात्रालाई कायम राखेको छ। पीएसजीको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले रेनेसमाथि ३–१ को जित दर्ता गरेको छ। पीएसजीको जितमा ब्राडली बारकोलाले दुई तथा काङ–इन लीले एक गोल गरे। पहिलो हाफको ३० औँ मिनेटमा बारकोलाको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफमा १–० ले अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो। खेलको ५८ औँ मिनेटमा काङ–इन ली ले पिएसजीको अग्रता दोब्बर पारे। खेलको ६८ औँ मिनेटमा अच्राफ हाकिमीको पासमा बारकोलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

खेलको ७५ औँ मिनेटमा रेनेसका लागि कालिमुएन्डोले पेनाल्टीमा गोल गर्दै पीएसजीको गोल अग्रता कम गरे। जितसँगै पीएसजी अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। ५ खेलमा ५ मा जित र १ खेलमा बराबरी गरेको पीएसजीले १६ अंक बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर