नेप्सेमा ३२.८१ अंकको गिरावट

काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.८१ अंकले घटेर दुई हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सीमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३९ वटाको बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । चार कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयर मूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।  ग्रीन भेञ्चर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर