स्थानीय तह उपनिर्वाचनका लागि मंसिर गते मतदान

काठमाडौं । स्थानीय तहको मंसिर १६ हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।

मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिने र ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।

उम्मेदवारले मंसिर ५ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए । मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर